नायिका प्रियंका कार्कीले बर्षा राउतको लागि लामो लेख लेखेकी छिन् । आफ्नो ईन्स्टाग्राम स्टोरीमा प्रियंकाले बर्षाको लागि लेखेको लेख जायज लाग्छ । बर्षाले आफ्नो गल्तीको माफी मागिसकेको हुनाले उनलाई गाली गलौच नगर्नु पर्ने प्रियंकाको भनाई छ ।
पढ्नुस् प्रियंकाको पुरा स्टाटस, बर्षालाई बर्सिरहेको गाली, गलौज, अपशब्द चारैतिर देखेर मन दुखेको छ । साह्रैं चित्त दुखेको छ । उनलाई झन कस्तो भैरहेको होला । यो विषयमा रुसँगग अनुमति माग्दछु ।
बर्षाको अन्र्तवार्तामा म पनि सँगै थिएँ । हो, म मान्छु उनको बोलिको शैली, शब्दहरुको छनोट र प्रस्तुतीकरणले गर्दा सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीहरु उनलाई हर कदमले नियालीरहेका छन् । पब्लिक फिगर हुन त्यति सजिलो छैन त्यो पनि म मान्छु । देशको विषयमा बोल्दा त झन धेरै विचार पुर्याएर बोल्नु पर्छ किनकी राष्ट्रियताको कुरा आउँदा जो पनि अलि गम्भिर हुन्छ । हुनै पर्यो नि देशको सार्वभौमिकताको कुरा हो । उनले आफ्नो माफी पत्रमा दर्शाए बमोजिम आफ्नो अन्र्तवार्तामा परिपक्वताको समान स्तर देखाएकी भए यो परिस्थिति आउँदैन्थ्यो सायद ।
हो यो गल्ती उनलाई देखाइदिनुस्, अब बाट ध्यान पुर्याएर बोल्नु, भन्नुहोस्, सुझाव दिनुहोस्, उनलाई थाहा नभएको कुरा सिकाइदिनुहोस् । अनावश्यक र अश्लिल गाली गलौच नदिनुस् । उनले माफी पनि मागि सकिन् ।