प्रधानमन्त्रीले गरे कर र कर्जाको ब्याज सहुलियतसहित राहतको प्रतिवद्धता प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रमा राहतको व्यवस्था गरिने बताएका छन् । उनले आज देशवासीका नाममा सम्बोधन गर्दै औद्योगिक व्यवसायिक क्षेत्रका लागि राहत सुविधानको व्यवस्था गरिने बताएका हुन् ।
उनले भने, ‘कोरोना महामारीको असरबाट क्षति भएका औद्योगिक–व्यावसायिक क्षेत्रका लागि राहत सुविधाको व्यवस्था सरकारले गर्नेछ । यस्ता सुविधामा कर सहुलियत, शुल्क मिनाह, कर्जाको ब्याज सहुलियत, सहज ऋणको उपलब्धता एवं विद्युत लगायतका क्षेत्रमा दिइने छुटहरु पर्ने उनको भनाई छ ।’
.