कञ्चनपुर– कञ्चनपुरका पाँच स्थानीय तहका क्वारेन्टिनको व्यवस्थापनमा नेपाली सेना खटिएको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको टोली दुई दिनदेखि खटिएको हो।
सो गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले सुरक्षा समितिको निर्णयअनुसार महाकाली नगरपालिका, बेलौरी, पुर्नवास, बेल्डाँडी र लालझाडी गाउँपालिकामा खटिएको जानकारी दिए। “स्थानीय तहमा रहेका ठूला क्वारेन्टिनमा बसेर आवश्यक व्यवस्थापनको काम हामीले गर्दैछौं।” उनले भने, “स्थानीय तहका अन्य स्थानमा रहेका क्वारेन्टिनको निगरानी र सुरक्षा सतर्कता बढाएका छौँ।”उनले स्थानीय तहसितको समन्वयमा सेना क्वारेन्टिनको व्यवस्थापनमा जुटेको बताए। यसअघि सेनाले गड्डा’चौकी नाकामा भारतबाट आउनेको स्वास्थ्य जाँचमा समेत खटिएको थियो।