काठमाडौं,जेठ ११ भारतद्धारा अ’तिक्र’मित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूमी समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारि गरे लगत्तै सरकारले उक्त भूमी फिर्ता गराउन भारतसँग रातारात कु’टनीतिक वार्ता सुरु गरेको थाहा भएको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री केपी ओलीले वालुवाटरमा बोलाएर भारतीय राजदूत विनय मोहन क्वात्रासँग झण्डै एक घण्टा वार्ता गरेको थाहा भएको छ ।
प्रधानमन्त्री ओलीले बोलाएपछि भारतीय राजदूत क्वात्रा राति ९ बजे प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीले यसको अघिल्लो दिन विहीबार आफ्ना परराष्ट्र मामिला संम्बन्धी सल्लाहकार राजन भट्टराईलाई भारतीय राजदूत क्वात्रालाई भारतले अ’तिक्र’मण गरेको जमीन नेपाललाई फिर्ता नदिए परिमाण राम्रो नहुने चेतावनी दिएको समाचार स्रोतको दा’वी छ ।