लकडाउनपछि शनिबार पनि कार्यालय खोल्ने छ । कर्मचारीहरूले त्यसका लागि आफूहरू तयार रहेको बताएका छन् । हाल करिब ७० प्रतिशत निजामती कर्मचारी लकडाउनयता घरमै छन् । लकडाउनमा लामो समय सेवा रोकिएको र अवस्था सामान्य भएपछि भिडभाड बढ्न सक्ने भएकाले शनिबार पनि कार्यालय खोल्नेबारे छलफल थालिएको हो ।
यसका लागि कर्मचारीहरू तयार रहेको आधिकारिक संगठनका अध्यक्ष ढकाल बताउँछन् । उनी भन्छन्, ‘हामी शनिबार पनि काम गर्न तयार छौँ, दिनमा १४ घन्टा कार्यालय खोलेर दुई सिफ्टमा पनि कर्मचारी खटाउन सकिन्छ ।’
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउन खोलेपछि कसरी प्रभावकारी रूपमा सेवा दिने भन्ने विषयमा छलफल थालेको छ ।