आज युवकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । लकडाउनका कारण उनको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले बताए । उनका परिवारले काठमाडौंको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पर्ण गरी जन्मजयन्ती मनाएका छन् ।
युवकवि श्रेष्ठले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण लगायतका विधामा सफलतापूर्वक कलम चलाएका छन् ।