नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमालले छिमेकी राष्ट्र भारतले नेपालप्रति गरेको पछिल्लो गतिविधि प्रति आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । बुधबार साँझ अंग्रेजी भाषाको भिडियो आफ्नो फेसबुकमा पोस्ट गर्दै महानायक हमालले भारतसँग जोडिएका नेपाली सिमा र उत्पन्न विवादबारे आफ्नो भनाई राखेका थियो ।
महानायक राजेश हमालले भिडियोमा बोलेका कुरालाई हामीले यहाँ सारांशको रुपमा उतारेका छौं । ‘छिमेकी भारतको गतिविधिले मलाई मर्माहत बनाएको छ । ईतिहास साक्षी छ, लिम्पुयाधुरा, कालापानी तथा लिपुलेक नेपालकै भूभाग हो ।
भारतको पछिल्लो गतिविधि हामीलाई स्वीकार्य छैन् । हाम्रो पूर्खाहरुले बहादुरीका साथ लड्नुको एउटै उद्देश्य आफ्नो देशको स्वतन्त्रता र सार्वभौमसक्तालाई अक्षुण्ण राख्नु थियो । यसकारण सम्पूर्ण नेपाली जनताले आफ्नो देशको सिमा सम्बन्धमा कसैंगँपनि सम्झौता गर्दैन ।