महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत २ जना प्रहरीलाई आज कोरोना देखिएको हो ।२ दिनअघि कोरोना परीक्षणका लागि दिएका स्वबमा २ जनामा कोरोना पोजिटिभ देखिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यसअघि बारा र कपिलवस्तुमा नेपाल प्रहरीका ३ जनामा कोरोना देखिएको थियो । आज थप २ जनाका कोरोना देखिएसँगै प्रहरीका ५ जना कोरोना संक्रमित भएका छन ।