जेठ ६, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ लाख ७ हजार २ सय ५३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हालसम्म ३२ हजार ६ सय ४ जनाको पिसीआर परीक्षण र ७४ हजार ६ सय ४९ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ हजार २ सय ८० वटा पिसिआर परिक्षण भएको छ भने आरडिटी विधिबाट ५ हजार ८९ वटा परिक्षण भएको छ । दुवै विधि गरेर पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६९ वटा परीक्षण भएको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन् । बागमति प्रदेशमा सबैभन्दा कम जम्मा ३ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा धेरै प्रदेश पाँचमा करिब १३ हजार ६ सय ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
आइसोलेसनमा ४ सय ५७ जना रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा १७ जना मात्रै छन् । यो संख्या कोरोना संक्रमित भएर उपचार गराइरहेका र सम्भावित कोरोना संक्रमितको हो । प्रदेश एकमा ४० जना, प्रदेश दुईमा १३७, बागमति प्रदेशमा ७८, गण्डकी प्रदेशमा २, प्रदेश पाँचमा १ सय ८८ जना, कर्णाली प्रदेशमा एक र सुदुरपश्चिम प्रदेशमा ११ जना आइसोलेसनमा रहेका छन् ।