गुल्मी। उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा को’रोना भा’इरस सं’क्रमण पुष्टि भएपछि अस्पताल ब’न्द गरिएको छ। यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहनुभएका मदानेका ४१ वर्षीय शिक्षकमा आज को’रोना सं’क्रमण पुष्टि भएको हो। उहाँको अवस्था ग’म्भीर रहेको बताइएको छ। स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको र अवस ग’म्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।
निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनुभएका उहाँको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा को’रोना सं’क्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिनुभयो। अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बि’रामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उहाँले बताउनुभयो।