जेनेभा । को’रोनाभा’इरसका कारण विश्वभर ३ लाख १३ हजारभन्दा बढी व्यक्तिको मृ’त्यु भएको छ भने सं’क्रमितको संख्या ४७ लाख २२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार आइतबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ९५ हजार ६०० जना नयाँ सं’क्रमित भेटिएका छन् भने ४ हजार ३६० जनाको ज्या’न गएको छ । प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ८२९ जनाको स्वास्थ्य अवस्था को’रोनाभा’इरसबाट अत्यन्त जटिल रहेको छ भने २५ लाख ५१ हजारको स्वास्थ्य अवस्था सामान्य छ । युरोपेली मुलुकहरुमध्ये को’रोनाभा’इरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृ’त्यु भएको छ ।
पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ४६६ जनाको को’रोनाभा’इरसका कारण मृ’त्यु भइसकेको छ । सं’युक्तराज्य अमेरिकामा मृ’त्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार २१८ जनाको मृ’त्यु भएको छ । योसहित अमेरिकामा मृ’त्यु भएका व्यक्तिको कूल संख्या ९० हजार ११३ पुगेको छ ।
को’रोनाभा’इरसबाट सर्वाधिक दैनिक मृ’त्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १५३, स्पेनमा १०४ र फ्रान्समा ९६ जनाको ज्या’न गएको छ ।
दक्षिण अमेरिकी देशहरुमध्ये को’रोनाभा’इरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १५ हजार ६३३ जनाको मृ’त्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ८१६ जनाको ज्या’न गएको छ ।