३ जेठ : कोरोना भाइरस आँखाबाट पनि शरिरमा पुग्न सक्ने र आँसुका माध्यमबाट पनि संक्रमण फैलिन सक्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । यो दाबी अमेरिकाको प्रतिष्ठित रिसर्च यूनिभर्सिटी जोन्स होपकिन्सका अनुसन्धानकर्ताहरुले गरेका हुन् ।
अनुसन्धानकर्ताहरुका अनुसार, एसीई–२ नामक एन्जाइम रिसेप्टरको सहायताबाट कोरोना भाइरसले शरिरको कोशिकाहरुलाई जकडेर मानिसहरुको आँखाबाट प्रवेश गर्न सक्नेछ ।
नयाँ अनुसन्धानको नतिजाबाट भएको खुलासा अनुसार, फोक्सो, श्वास नली र अन्य अंगहरुको जस्तै आँखामा पनि एसीई–२ रिसेप्टरको निर्माण हुने गर्दछ । यसको सहायताबाट कोरोना शरिरमा प्रवेश गर्न सक्दछ । यदि संक्रमित बिरामीले खोक्दा वा थूकको थोपा आँखासम्म पुग्यो भने कोरोना संक्रमण फैलने खतरा हुनसक्छ ।