बाँके। शुक्रबार प्रदेश ५ को बाँकेमा पुष्टि भएका ८ जना कोरोना सं’क्रमित सबैजना ७ देखि १० दिनअघि भारतबाट नेपाल आएको खुलेको छ। नरैनापुर गाउँपालिकाका अध्य’क्ष ईश्तियाक अहमद शाहले उनीहरु सबै भारतबाट ७/१० दिन अगाडि नेपाल आएको बताए। उनीहरु नेपाल प्रवेश गरेपछि गाउँपालिकाले तयार गरेको २ वटा क्वा’रेन्टाइनमा राखिएको थियो। शुक्रबार विहान बाँकेमा ८ जनामा को’रोना पु’ष्टि भएसँगै प्रदेश नं. ५ मा को’रोना सं’क्रमितको संख्या १ सय २ पुगेको छ। १ सय २ जना मध्ये रुपन्देहीको कोटहीमाईका १ जना सं’क्रमित उपचार पछि निको भएर घर फर्किसकेका छन्। शुक्रबार बाँके नरैनापुर गाउँपलिका वडा नं. १, ३ र ५ का १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा को’रोना पु’ष्टि भएको हो। योसँगै बाँकेमा कुल संक्र’मितको संख्या ३३ पुगेको छ।