बर्दियासँग जोडिएको भारत सि’माना उत्तरप्रदेश राज्य बहराइच जिल्लाको मिहीपुरुवालगायत ठाउँमा क्वारेन्टाइनमा बसेका १ सय २ जना नेपालीेलाई दशगजामा छाडिएको छ । भारतीय सुरक्षाकर्मीले तीनवटा बसमा नेपाली नागरिकलाई बिहीबार राति साढे एघार बजेतिर गुलरियासँग जोडिएको दशगजास्थित मुर्तिहाको सि’मानामा छाडेका थिए । घना जंगल नजिक सि’मापारि नेपाली अ’लप’त्र परेको जानकारी पाउनासाथ सदरमुकाम गुलरियाबाट खटिएका सुरक्षाकर्मीले उ’द्दार गरेका छन् ।
ती नेपालीको घरको पहिचान गरी सम्बन्धित पालिकास्थित क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । यहाँ भित्रिएका अधिकांश भारतीय सि’मावर्ती सहरका क्वारेन्टाइनमा बसेका थिए । १ सय २ जनामध्ये ९८ जना बर्दियाका हुन् । कञ्चनपुरका २, बैतडी र प्युठानका १/१ जना रहेको प्रहरी निरीक्षक शुशिल थापा मगरले जनाए ।