काठमाडौँ / शुक्रबार थप ९ जनामा को’रोना सं’क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा विज्ञप्ती जारी गर्दै ९ जनामा कोरो’ना पुष्टि भएको बताएको हो । योसँगै नेपालमा को’रोना सं’क्रमण भएका व्यक्तिको सख्या २ सय ६७ पुगेको छ । नयाँ सं’क्रमितहरु पर्सामा ९ र १० वर्षका बालकहरु रहेका छन् भने सोही जिल्लाका २३ र ४७ वर्षका महिला छन् ।
त्यस्तै उदयपुर त्रियुवा नगरपालिकाका २५ वर्षया पुरुषमा पनि सं’क्रमण देखिएको छ । साथै दाङ्गमा ३ जनामा को’रोना सं’क्रमण देखिएको छ । दाङमा कोरोना सं’क्रमण देखिएको यो पहिलोपटक हो । आजै भेटिएका सं’क्रमितहरुमा काठमाडौं सतुंगल निवासी ७ वर्षका बालक पनि छन् ।