भारतमा को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमितको संख्या बिहीबारसम्म ७८ हजार ३ जना पुगेको छ । गत २४ घण्टामा भारतमा थप ३ हजार ७२२ जना को’रोना भा’इरस सं’क्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा बुधबार एक दिनमा १३४ को नि’धन भएको र यसपछि प्रकोपबाट नि’धन हुनेहरुको सख्या २ हजार ५४९ जना पुगेको छ । यस सं’क्रमणबाट निको भएका बि’रामीको संख्या २६ हजार २३५ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो ‘रो’गका ४९ हजार २१९ जना सं’क्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्
कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक सं’क्रमित भएका छन् । यहाँमात्र २५ हजार ९२२ नागरिक को’रोना भा’इरस सं’क्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार २६७ जनामा को’रोना भा’इरसको सं’क्रमण रहेका छन् भने तमिलनाडू ९ हजार २२७ सं’क्रमति रहेका छन् । दिल्लीमा को’रोना भाइ’रसको सं’क्रमणको संख्या ८ हजार नाघेको छ ।
को’राना भाइ’रसको (कोभिड–१९) को सं’क्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।
भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । को’रोना भाइ’रसको सं’क्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो ।