, बैशाख २९ । आगामी बजेट कोभिड–१९ संक्रमण नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा केन्द्रीत हुनुपर्नेमा राष्ट्रिय सभाका सांसदहरुले जोड दिएका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा भाग लिँदै सांसदहरुले उक्त जोड दिएक हुन् ।
नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी बजेटले कोभिड–१९ रोकथाम, विपत् न्यूनीकरणलगायतका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
आम किसानको रक्षा गर्दै कृषि क्रान्तिमा आधारित बजेट हुनुपर्नेमा पनि उनले जोड दिए ।
नेपाली कांग्रेसका नेता जीतेन्द्रनारायण देवले आगामी बजेटमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रमा कम्तीमा १० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने बताए ।
उत्पादन र रोजगारी बढाउने क्षेत्रमा लगानी केन्द्रीत गर्न पनि उनले सुझाए ।
सांसद बेदुराम भुसालले जनतालाई रोग र भोकबाट हटाउने, रोजगारी सिर्जना गर्ने बजेट ल्याउन आग्रह गरे ।