काठमाडौं, २८ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल र अनेरास्ववियुले परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतले नेपाली भूमी लिपुलेक हुँदै चीनको मानसरोवरसम्म सडक बनाएकोमा आपत्ति जनाउँदै उनीहरुले मन्त्री ज्ञवालीसमक्ष आज मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा युवा संघका तर्फबाट संयोजक रामप्रसाद सापकोटा दिपशिखा र रमेश कुमार पौडेलको र अनेरास्ववियुको तर्फबाट अध्यक्ष ऐन महर र सहअध्यक्ष रञ्जित तामाङको हस्ताक्षर गरिएको छ ।