काठमाडौ । नागरिक अभियन्ताको रुपमा चिनिएका ज्ञानेन्द्र शाहीले आफुलाई एकदिनको लागि अर्थमन्त्री बनाए देशको अर्थतन्त्रको कायापलट गर्न सक्ने बताएका छन् । अर्थमन्त्रीले काम गर्ने भन्दा योजना बनाउने हो जसले देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ । केहिदिन अघि राहत वितरण गर्दै गर्दा प’क्राउ परेका ज्ञानेन्द्र शाही अहिले रिहा भएका छन् ।
आफुलाई गृहमन्त्रीले बदलाको भावना लिएर प’क्राउ गर्ने आदेश दिएको सार्वजनिक रुपमा भन्दै आएका छन्। गृहमन्त्री वि’रुद्द आफु बोलेको कारण अहिले राहत वितरण गर्दैगर्दा प’क्राउ गरि तनाव दिएको आरोप लाएका छन्। “अब राहत बाँढे फेरि प’क्राउ गर्ने भनेपछि अहिले म राहत बाढ्न छोडेको छु । सरकारलाई सबैभन्दा पहिला मैले नै सहयोग गरेको हुँ तर मलाई नै प’क्राउ गर्दा दुख लागेको छ ।”
शाहीले दुखेसो पोखे । ज्ञानेन्द्र शाहीले भने, “मलाई एक दिनको लागि मात्र अर्थमन्त्री बनाए देशको अर्थतन्त्रमा कायापलट गर्न सक्छु । अर्थ मन्त्रीको काम भनेको काम गर्ने होईन योजना बनाउने हो । म केहि काम गर्दिन एक दिनमा यस्तो योजना बनाउछु जसले गर्दा देशको अर्थतन्त्रमा सुधार ल्याउन सक्छ।”