काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महा’मारीका कारण खाडी मुलुकमा काम गरिरहेका हजारौं नेपालीहरुको रोजगार गुम्न थालेको छ। कतिपय खाडी मुलुकहरुले आफ्ना नागरिकहरु लैजान आग्रह नै गरिसकेका छन् भने केहीले अनौपचारिक रुपमा जानकारी दिइसकेपछि औपचारिक आग्रह गरेका छैनन्। तर, कोरोना म’हामारीले गर्दा उद्योग, होटेल तथा निर्माणका कामहरु सबै ठप्प भएकाले हजारौंको रोजगारी ब’न्द भएको छ।
रोजगारी ब’न्द भएसँगै सम्बन्धित उद्योग, कम्पनीहरुले मजदूरहरुलाई भरणपोषण गर्न नसक्ने भन्दै फिर्ता गर्न खोजिरहेका छन्। यही क्रममा तत्काल कुवेतले करिब ७ हजारदेखि ९ हजारसम्म श्रमिकहरुलाई फिर्ता लैजान आग्रह गरिसकेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले खाडी देशबाट नेपाल फर्कनुपर्ने अवस्थाका कामदारका लागि क्वारन्टीनको व्यवस्था गर्न गृहकार्य अघि बढाइएको र आगामी जुन महिनाबाट कामदार फिर्ता ल्याउन थालिने बताउनुभएको छ।
खाडी क्षेत्रमा रहेका सबै नेपाली दूतावासहरूलाई रोजगारी गुमाएका वा विभिन्न सङ्कटमा परेका कारण स्वदेश फर्कन चाहेका कामदारको विवरण सङ्कलन गर्न निर्देशन दिइएको मन्त्री यादवले बताउनुभयो। यसअघि खाडी देशमा रहेका नेपाली राजदूतहरूले अत्यावश्यक रूपमा नेपाल फर्कनुपर्ने कामदारहरूका लागि तत्कालै क्वारन्टीनको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका थिए।
नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा ४० लाख कामदार बाहिर गएका छन्। अघिल्लो वर्ष वैदेशिक रोजगारीका निम्ति जानेहरू मध्ये झण्डै ९० प्रतिशत खाडी देशहरूमा गएको यसै वर्ष सार्वजनिक एउटा आँकडाले देखाएको थियो। कोरोनाभाइरसको स’ङ्कटका कारण कैयौँ देशमा विशेषगरि साना व्यवसायहरूमा कार्यरत नेपालीहरूले रोजगारी गुमाएका वा उनीहरूका सुविधा कटौती गरिएका विवरणहरू आइरहेका छन्।