काठमाडौं, १७ बैशाख । नेकपाको सचिवालय बैठक केही बेरमै सुरु हुँदैछ । बैठकमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगिसकेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरमा सुरु हुने बैठकमा रस्साकस्सी हुने बुझिएको छ । सचिवालयमा बुहमत सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा उभिएका छन् । बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ ओलीको विपक्षमा उभिएका छन् ।