मुम्बई । भारतीय अभिनेता इरफान खानको ५४ बर्षको उमेरका नि’धन भएको छ। खानको बुधबार बिहान मुम्बईको कोकिला वेन अस्पतालमा नि’धन भएको हो।
भारत । अचानक स्वास्थ्यमा स’मस्या देखिएपछि बलिउड अभिनेता इरफान खान भर्ना भएका छन्। उनलाई मुंबईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको हो। केही दिनअघि उनकी आमा सईदा बेगमको नि’धन भएको थियो । लकडाउनका कारण उनी आफ्नी आमाको अन्तिम संस्कारमा समेत उपस्थित हुन पाएका थिएनन्। उनले भिडियो कन्फ्रेन्स मार्फत आमाको अन्तिम दर्शन गरेको बताइएको थियो
आमाको नि’ध’न भएको केही दिनमै उनको पनि स्वास्थ्यमा स’मस्या देखिएको हो। दुई वर्ष अघि उनलाई न्यूरो इंडो’क्राइन ट्यू’मर भएको थियो। उनले ट्वीट मार्फत आफूलाई ट्यू’मर भएको बताउँदै फ्यानको माया र सद्भावले बाँच्ने आँसा जागेको बताएका थिए। ५४ वर्षीय इरफानको लण्डनमा उपचार भइरहेको थियो। उपचारका क्रममा रहेका कारण उनी लामो समय बलिउडबाट टाढा पनि रहेका थिए।