काठमाडौं । वैशाख १७ गते अर्थात अप्रिल २९ तारिख बुधबारका दिन क्षुद्र ग्रहबाट पृथ्वीलाई नकारात्मक प्रभाव पर्ने अफवाह सामाजिक सञ्जालहरुमा फैलिरहेको छ । विश्वभर यसको प्रभाव उच्च रहने भन्ने कुराले संसारभरका मानिसहरुको ध्यान क्षुद्र ग्रह तिर केन्द्रीत भैरहेको छ । नासाले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै भनेको छ, अप्रिल २९ तारिखमा ५२७६८(१९९८ ओआरटू) नाम दिएको क्षुद्रग्रह पृथ्वीको नजिकैबाट भ्रमण भ्रमण गर्दैछ ।
सन् १९९८मा नासाले उक्त ग्रह पत्ता लगाएकाले यसको नाम १९९८ ओआरटू दिइएको हो । उक्त क्षुद्र ग्रह हिमालय पर्वत भन्दा करिब आधा साईजको रहेको जानकारी गराएको छ ।ज्योतिषीहरुका आनुसार यस्ताखाले क्षुद्र ग्रहहरुले बेलाबेलामा पृथ्वीको नजिकैबाट भ्रमण गर्नुलाई कुनै ठूलो विषय बनाउन नहुने बताएका छन् । नासाले ब्रह्माण्ड सम्बन्धि अध्ययन गर्नु भन्दा हजारौं वर्ष पहिल्यैदेखि यस्ता विभिन्न खाले क्षुद्र उल्का ग्रहहरु पृथ्वीको नजिकै भएर जाने गरेकाले बुधबार अप्रिल २९ तारिखमा पनि क्षुद्र ग्रह पृथ्वीको नजिकै भएर जाँदा यसले कुनै पनि प्रकारको नोक्सानी नगर्ने खोगोलविद्हरुले जानकारी गराएका छन् ।
नजिकै आउँदा पनि यो आकाशीय पिण्ड पृथ्वी भन्दा करिब ६२ लाख ८२ हजार किलोमिटर टाढा रहनेछ । पृथ्वी र चन्द्रमाको औसत दूरी करिब तीन लाख ८४ हजार किलोमिटर छ । यसरी नजिकै आउँदा पनि यो क्षुद्रग्रह पृथ्वीबाट चन्द्रमाभन्दा करिब साढे सोह्र गुना टाढा रहने छ । आकाशीय पिण्डहरुको उत्पत्ति त्यसको गति तथा विभिन्न समयमा हुने परिवर्तनको अध्ययन खगोलशास्त्रले गरिरहेको छ। ब्रह्माण्ड, आकाश गंगा, तारा तथा नक्षत्रहरुको उत्पत्ति तथा तिनीहरुको निर्माण र गतिको अध्ययन गर्ने खगोल विज्ञानको विषय हो ।
ब्रह्माण्ड सम्बन्धि अध्ययन गरिरहेको नासाले जानकारी गराए अनुसार वैशाख १७ गते अप्रिल २९ तारिख बुधबारका दिन बिहान करिब १० बजेभन्दा अगाडि नै पृथ्वी भन्दा ३.९ मिलियन मील टाढाबाट उक्त क्षुद्रग्रह पार हुने जनाएको छ। ब्राह्मण सम्बन्धि अध्ययन गर्ने संस्थाहरुले पृथ्वीबाट करिव १२० मिलियन मील एनईओ भित्रबाट भ्रमण गर्ने हरेक प्रकारका बस्तुहरुमाथि अनुसन्धान गर्ने गरेको छ ।