काठमाडौं- इलामको फाकफोक खोलामा आएकोको बाढीले चितामाथि जलिरहेको शव बगाएको छ ।खोलामा एक्कासी बाढी आएपछि मलामी गएकाहरुको भागदौड मच्चिएको थियो । खोला किनारामा जलाइएको शव खोलमा आएको भीषण बाढीले बगाएको हो ।
शव पुरै नजलिसकेकै अवस्थामा खोलामा बाढी आएछि चितासँगै शवलाई बगाएको भिडियोमा देखिएको छ ।केही दिन यता अविरल वर्षा भइरहेका कारण खोला किनारामा पानीको सतह बढेपनि आज इलामको पहाडी क्षेत्रमा परेको भीषण वर्षाका कारण खोलामा बाढी आएको स्थानीयले बताएका छन् ।बाढीले शव बगाए पनि मलामी गएकाहरु भने सुरक्षित रहेको जनाइएको छ ।जल्दै गरेको शव बाढीले यसरी बगायो ।