काठमाडौं, बैशाख १४ । सार्वजनिक लेखा समितिले ७ दिन भित्र स्वास्थ्य उपकरण खरिद प्रक्रियाका कागजात पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयललाई पत्राचार गरेको छ ।
समितिले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि मगाइएका स्वास्थ्य सामग्री खरिदका सन्दर्भमा छानबीन शुरु गरेको हो ।यसका लागि समितिले मन्त्रालयलसंग सम्बन्धित कागजात बुझाउन माग गरेको आइतबार विज्ञप्ती जारी गरी जानकारी गराएको हो ।
कोभिड—१९ नियन्त्रणका लागि स्वास्थ सेवा विभागमार्फत् बिना प्रतिष्पर्धा ओम्नी इन्टरनेशनलसंग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद कार्य अघि बढाएको र पछि रद्ध गरिएको थियो ।यससन्दर्भमा छानबिन कार्य अगाडी बढाउन आवश्यक देखिएकाले मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा विवरण ७ दिन भित्र बुझाउन पत्राचार गरिएको समितिले जनाएको छ ।