काडमाडौ, बैशाख १२ – इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष कृष्ण कँडेलबाट आर्थिक अवस्था कमजोर भएका तथा विपन्न व्यक्तिलाई शुक्रबार बानेश्वरमा नगद् वितरण ।विभिन्न दाताहरूमार्फत सङ्कलन गरिएको उक्त रकम लकडाउनको समयमा पैसाको अभाव भएका गरीब परिवारलाई प्रति व्यक्ति रू ५०० देखि रू तीन हजारसम्म वितरण गरिएको छ ।
अन्य समाचार : लकडाउनले किसानलाई डुबायो : १७ रोपनी जग्गामा लगाएको तरकारी बिक्री नभएपछि गाईभैसीलाई खुवाउन बाध्य ! कमठमाडौ, बैशाख १२- म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उहाँलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइ लागेन । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि कार्कीलाई तरकारीको समस्याले पिरोलेको छ । उहाँको खेतमा काउली, धनियाँ, बन्दा, सिमी, बोडी, काँक्रालगायत तरकारी पर्याप्त छन् । तर बिक्री गर्ने ठाउँ छैन । तरकारी बिक्री नभएपछि पशुलाई खुवाउन बाध्य भएको उहाँको गुनासो छ ।
“बिक्रीका लागि बजारसम्म ढुवानी गर्ने अवस्था छैन । तरकारी खाने मान्छे पनि यहाँ छैनन्”, उहाँले भने, “खेतमा यत्तिकै राख्नु भएन, त्यसैले घरमा पालेका गाईभैंसीलाई खुवाउनु पर्यो ।” कार्की मात्रै होइन, खबराका धेरै किसानले तरकारी बिक्री गर्न नपाएपछि अचेल दैनिक पशुलाई खुवाउँदै आएका छन् । खबराका अधिकांश कृषकले व्यावसायिकरुपमा तरकारी खेती गरेका छन् । अधिकांशको घरमा एकदेखि चारवटासम्म पशु रहेका र सामान्य रुपमा भएपनि धेरैले तरकारी खेती गरेकाले गाउँमा समेत बिक्री नहुँदा उनीहरु पशुलाई तरकारी खुवाउन बाध्य भएका हुन् ।
गत बर्ष रु तीन लाख मूल्य बराबरको तरकारी बिक्री गरेका कार्कीले यस वर्ष विक्री गर्ने बेलामा एक महिनासम्म लकडाउन भएपछि बेनी बजारका मानिसहरु गाउँ उक्लिएकाले बिक्री गर्न नपाएको र खेतमा कुहेर खेर जानुभन्दा पशु चौपायालाई खुवाउन थालिएको कार्कीले बताए।
म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिल९मायालु डाँडा०को नजिकै रहेको खेतमा व्यावसायिकरुपमा नै तरकारी खेती गर्दै आएका कार्कीले लकडाउन ९बन्दाबन्दी० भएपछि यहाँ फाट्टफुट्ट घुम्न आएका मानिसलाई निःशुल्क तरकारी दिएर पठाउने गरेको बताए। गाउँमा अधिकांशको घरमा आफ्नै तरकारी भएकाले बिक्री नहुने बताउँदै उहाँले लकडाउनका कारण सवारी साधन नहुँदा र बजार पनि नखुलेकाले तरकारी बजार लान नपाएको गुनासो व्यक्त गरे।