लण्डन । कोरोना भाइरस सं’क्रमणबाट लण्डनमा थप २ नेपालीको नि’धन भएको छ। पुर्ख्यौली घर लमजुङ पोखराथोक भई हाल लण्डनको पेरिभेलमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको बुधबार लण्डनको नर्थवीक पार्क अस्पतालमा नि’धन भएको हो। बिरामी भएपछि उनलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो।
पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएकोमा बुधबार बिहान करिब ३ बजे अस्पतालमै निध’न भएको विनेपालीले जनाएको छ। गुरुङको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया प’श्चात निको भएपछि उनी काममा फर्किएका थिए। उनी १४ वर्षअघि हङ’कङबाट युके आएका थिए। उनको श्रीमती र एक छोरा छन्।
यस्तै, कोरोना सं’क्रमणबाट पोखराको याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको पनि नि’धन भएको छ। उप’चारका क्र’ममा रोयल बर्कशायर अस्पतालमा उनको नि’धन भएको हो। आइतबार मृ’त्यु भएका विजयबारे अस्पतालले दुई दिनपछि मात्रै परिवारलाई जानकारी दिएको थियो।