काठमाडौं– हाम्रो नेपाल हामी नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीले आत्मसमर्पण गर्ने भएका छन् ।शाहीलाई पक्राउ गर्न गरेका प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि परिवारका अन्य सदस्यहरुलाई नियन्त्रणमा लिएको थियो ।
दैनिक ज्यालादालीमा काम गर्ने मजदुरलाई राहत वितरण गर्ने क्रममा विवाद शुरु भएपछि शाहीलाई पक्राउ गर्न प्रहरी टोली ललितपुरस्थित सुनाकोठी पुगेको थियो ।