भारतमा कोरोना संक्रमित १७ हजार नाघे, मृत्यु संख्या ५ सय ४३ पुग्योसोमबार बिहानसम्म भारतमा कोरोना भाइरसका १ हजार ५ सय ५३ नयाँ संक्रमित थपिएको त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
योसँगै भारतमा संक्रमित संख्या १७ हजार २६५ पुगेको छ।त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ४३ पुगेको छ।स्वास्थ्य मन्त्रालयले भारतका २ हजार ५ सय ४७ जना संक्रमित निको भइसकेको जानकारी दिएको छ।
त्यहाँ ५ हजार बढीमा कोरोनाको संक्रमण छ। यस्तै दोश्रो धेरै संक्रमित रहेको दिल्लीमा यो संख्या २ हजार बढी रहेको छ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरस द्रुत गतिमा फैलिरहेको बताएका छन्।दिल्लीपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य गुजरात हो।गुजरातमा १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ।