काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति निवास शितलनिवास गएका छन् ।आज साँझ बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास गएको स्रोतले जनाएको छ ।आजै सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन्।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक दल बिभाजनमा सहज बनाउनको लागि अध्यादेश जारी गरेसँगै नेकपाले आकस्मिक बैठक बोलाएको थियो ।