काठमाडौं । जापानको पूर्वी तट नजिकै सोमवार ६.४ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) ले आफ्नो वेबसाइटमा जापानमा गएको भूकम्प्को केन्द्र प्रशान्त सागरभन्दा तल ४१.७ किलोमिटरको गहिराईमा भएको बताएको छ ।
उक्त ठाउँ मियाँगी प्रान्तभन्दा ५० किलोमिटर टाढा रहेको छ । भूकम्पमा परेर जनधनको कुनै क्षति नभएको बताइएको छ । जापानको मौसम विभागका अनुसार त्यसबाट नोक्सान हुने सम्भावना कमै रहेको छ ।जापान मौसम विभाग एजेन्सी (जीएमए) ले भने भूकम्प ६.१ म्याग्निच्युडको रहेको बताएको छ । जापानको क्योदो संवाद समितिका अनुसार भूकम्प सोमवार विहान साँढे ५ बजे गएको थियो ।
भूकम्प गएलगत्तै ठूलो सुनामी पनि आएको थियो । त्यसबेला १६ हजारको मृत्यु भएको थियो ।