काठमाडौं । पछिल्ला केही दिनहरुमा लगातार मौसममा खराबी आउँदै गएको छ । आज दिनभरी पनि मौसम सफा थिएन । यो सँगै मौसम पुर्वानुमान महाशाखाले जारी गरेको सुचनामा मेघ गर्जनसहितको वर्षा हुने बताइएको छ । महाशाखाले देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।
हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ । हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।