काठमाडौं । सरकारले लकडाउनलाई क’डाइ गर्दै को’रोना भा’इरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचार तीव्र बनाउने भएको छ । को’रोना भा’इरस (कोभिड–१९) सं’क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रूपमा हुने आवागमनलाई क’डाइ गर्ने भएको हो ।
समितिको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ सं’क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सचिव नारायणप्रसाद बिडारीले सं’क्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘सं’क्रमण रोग ऐन–२०२०’ अनुसार थु’नामा राख्ने सम्मको कारबाही गरिने निर्णय भएको बताए ।
यस्तै सं’क्रमण हुनेको संख्या बढेकाले बढी भन्दा बढी संख्यामा परीक्षण गरी सं’क्रमितलाई पहिचान गर्ने र उपचारमा जाने निर्णय भएको उनले बताए । “जो’खिमको सम्भावना बढी देखिएको स्थानमा परीक्षणलाई बढाउने निर्णय भएको छ,” उनले भने । सचिव बिडारीले आन्तरिक उडानलाई समेत वैशाख १८ गते (अप्रिल ३०) सम्म स्थागित गरिएको जानकारी दिए ।