काठमाडौं । कोरोना भाइरसको महामारीले सारा विश्व यसबेला ग्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख २६ हजार ६०४ जनाले ज्यान गुमाएका छन् भने १९ लाख ९८ हजार १११ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ लाख ७८ हजार ६५९ जना निको भएका छन् । यो समाचार तयार पार्दासम्म विश्वमा ५१ हजार ६०८ जनाको अवस्था गम्भीर छ ।यसैबीच कोरोनाको महामारीले ग्रस्त बनेको अमेरिकामा २६हजार ४७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ अहिलेसम्म ६लाख १३ हजार ८८६ जनालाई संक्रमण भएको छ भने १३ हजार ४७३ जनाको अवस्था गम्भीर छ ।
अमेरिकाको न्युयोर्कमा कोरोनाको महामारीका कारण १० हजार ८३४ जनाले ज्यान गुमाएका छन् भने २ लाख ३ हजार १२३ जनालाई संक्रमण भएको छ ।मंगलवारमात्र अमेरिकामा २६ हजार ९४५ जनालाई संक्रमण भएको छ भने २ हजार ४०७ जनाले मंगलवार नै ज्यान गुमाएका छन् ।