कोरोना भाइरसको आशंकामा १ पुरुषलाई आइसोलसनमा राखिएको छ । मायादेवी गाउँपालिका १ का उनलाई कोरोनाको आशंकामा भैरहवाको भीम अस्पतालमा भर्ना गरिएको हो ।
भीम अस्पतालका अनुसार उनलाई करिब १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न ग्राहो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको हो ।
सोमवार विहान उनी अस्पतालमा उपाचारका लागि अस्पताल आएका थिए । उनलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचा भइरहेको अस्पतालले जनाएको छ ।