भारतमा कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ १ हजार ३५ जना नयाँ संक्रमित थपिएको बताइएको हो । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार नाघेको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार विहानसम्म ७ हजार ४४७ जनामा यसको संक्रमण भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकरी दिएको छ ।
पछिल्ला केही दिनमा कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबारजस्तै शनिबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ ।
गएको २४ घन्टामा यहाँ ४० जनाको ज्यान गएको सो मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २३९ पुगेको भारतका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै सबैभन्दा धेरै पाइएको छ ।