काठमाडौ । कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म छिमेकी देश भारतमा ७ हजार ५ सय ९८ जना संक्रमित भएका छन् । जसमा १९ जनाको मृत्यू भइसकेको छ भने ७ सय ७४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यसैगरी ६ हजार ५ सय ७८ जना उपचाररत छन् । जसमा २४ घण्टाको अवधीमा ८ सय ७३ जना नया संक्रमित रहेका छन् ।
यसैगरी विश्वमा महामारीको रुपमा रहेको कोरोना भाइसरका कारण यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख २ हजार ५३ जनाले ज्यान गुमाएका छन् भन १६ लाख ८४ हजार २८० बन्दाबढी जनालाई कोरोनाको संक्रमण भएको छ । त्यसैगरी ३ लाख ७५ हजार भन्दा बढी उपचार पछि निको भएर घर गएका छन् । विश्वभर कोरोना भाइरसका कारण ४९ हजार जनाको अवस्था गम्भीर रहेको छ ।