कोरोना भाइरसको प्रभावित देशहरुमा रहेको बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण ७ हजार ९७ जनाको ज्यान गएको छ ।साथै ६० हजार ७३३ जनामा संक्रमण भेटिएको छ । त्यस्तै १३५ जनाा यउपचार पछि निको भएका छन् । विश्वका लागि स्वास्थ्य क्षेत्रकै सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसले बुधवार मात्रै बेलायतमा ५ हजार ४९१ जनालाई आफ्नो चपेटामा पारेको छ ।
साथै बुधवार मात्रै बेलायतमा ९३८ जनाको ज्यान गएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोनाको संक्रमण भएपछि अस्पतालको आईसियूमा राखेर उनको उपचार गरिँदै आएको छ ।
उनले अस्पतालको आईसियूमा २ दिन बिताईसकेका छन् । बेलायतमा यो समाचार तयार पार्दासम्म १५ सय ५९ जनाको अवस्था गम्भीर रहेको छ ।