मंगलबार विहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारबाट प्रधानमन्त्री ओलीले सम्बोधन सुरू गरेका हुन्। कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएको तथा सरकारले लकडाउनको समयावधि वृद्धि गरेकोपछिको अवस्थाबारे प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
अहिलेसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएकोमा एक जना निको भएर घर फर्किसके भने अरू काठमाडौं र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।अरु देशको तुलनामा हामी नेपाली कोरोनाबाट निकै टाढा छैै प्रधानमन्त्रीले बताएका हुन।