प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासित टेलिफोन संवाद गरेका छन् ।कोरोनाभाइरस (कोभिड–१९)का सन्दर्भमा शनिबार प्रधानमन्त्री ओलीले उनका समकक्षी खलिफासित संवाद गरेका हुन् ।सोक्रममा उनले बहराइनमा रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए ।
प्रधानमन्त्री ओलीले अरु मुलुकका सरकार प्रमुखहरुसित पनि संवाद जारी राख्ने ट्वीटमार्फत् जानकारी गराएका छन् ।‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्नेक्रममा आज बहराइनका प्रधानमन्त्रीसँग फोन संवाद गरें । त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद ज्ञापन गरें’–प्रधानमन्त्री ओलीको ट्वीटमा लेखिएको छ ।