कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय संक्रमण देखिनु दोस्रो चरणमा पुग्नु भएको बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको , परीक्षण , तत्काल गर्ने आग्रह गरेको छ।
बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइ गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् । अब रत्तिभर हेलचेक्राइ गर्नु भनेको समुदायमा संक्रमण फैलने छुट दिनु भएको भन्दै कांग्रेसले गम्भीरता देखाउन आग्रह गरेको छ ।