रूसी सरकारले देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरु बन्द गर्न निर्देशन दिएको छ ।शनिबारदेख एक हप्तासम्म रेस्टुरेन्ट तथा क्याफेरूलाई बन्द गर्न निर्देशन दिइएको हो ।
शुक्रवार जारी गरिएको निर्देशनमा घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने उल्लेख गरिएको छ ।राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहिवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए ।
उनले यही मार्च २८ तारिखदेखि अप्रिल ५ सम्म काम बन्द हप्ता तोकेका हुन् ।सरकारले शुक्रबारदेखि अन्तराष्ट्रिय हवाई सेवा समेत बन्द गरेको छ ।