महावीर पुनले कोरोनाभाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोसाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने भएका छन् ।
बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई नमुना देखाएपछि साँझैबाट उत्पादन सुरु गरिएको उनले बताए ।’एउटा पीपीई बनाउनका लागि एक हजार पर्छ’-उनले भने-‘एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।’
चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छजना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् ।राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका पुनकाअनुसार एकजना मजदुरले दिनमा आठओटा पीपीई बनाउने छन् ।