फ्रान्सबाट यही चैत ४ गते नेपाल फर्किएकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भेटिएको हो ।स्वास्थ्य मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फान्समा अध्ययनरत् ती किशोरीमा संक्रमण देखिएको पुष्टि गरे ।
लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न आएकी उनमा कोरोनाभाइरसको संक्रमण रहेको आइतबार पुष्टि भएको थियो ।उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’मा बसेकी थिइन् ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीको परिवारलाई क्वारेन्टाइनमा राखिएको भन्दै उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् भनेर खोजी गरिरहेको जानकारी दिए ।कोराना लागेकालाई हामीले छुट्टै स्तानमा लख्नेे बताएका हुन।