काठमाडौं । मुलुकमा १८ घण्टा लोडसेडिङ गराउने गिरोहका एक व्यापारी नेपाल उद्योग परिसंघको अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका सतिश मोर १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका हुन् ।अतिरिक्त शुल्क तिर्ने शर्तमा विभिन्न उद्योगहरुमा जडान गरिएको डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट वितरण गरिएको विद्युत महशुलको बिल अहिलेसम्म सेटिङकै कारण नबुझाउने सुचीमा मोरको नाम सुचीमा छ । उनको स्वामित्व रहेको शिवम सिमेन्टले ३० करोड भन्दा बढी रकम नबुझाएपछि विवाद बाहिर आएको हो ।