कोरोना भाइरस संक्रमणको त्रास फैलिरहेको बेला मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कालोबजारीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
कोरोना भाइरस संक्रमणविरुद्ध अति आवश्यक मानिने मास्क उपभोक्तासँग तोकिएको भन्दा बढी मूल्यमा बिक्री गरिरहेको अवस्थामा ती अभियूक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ lमास्क कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरिरहेको अवस्थामा ति ४ जना विरुद्ध कालोबजार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।