काठमाडौंको सतुंगलबाट करिब ६ लाख थान सर्जिकल मास्क बरामद भएको छ । चन्द्रागिरि नगरपालिका–१० विष्णुदेवीस्थित एक गोदाममा राखिएका मास्क प्रहरीले बरामद गरेको हो ।
यसअघि कपनबाट १ लाख ६८ हजार थान र डल्लुबाट ७८ हजार थान मास्क बरामद भएको थियो । शनिबारयता काठमाडौंबाट आठ लाख ४० हजार थान मास्क प्रहरीले बरामद गरिसकेको छ ।
आइतबार साँझ सतुंगलका रोहित श्रेष्ठको घरको गोदाममा लुकाएर राखिएको मास्क भेटिएपछि स्थानीय प्रशासनले सिलबन्दी गरेको थियो । सोमबार बिहान खोलेर गणना गर्दा १७५ वटा बोरामा ६ लाख बढी मास्क रहेको थाहा भएको थियो ।
यसअघि प्रहरीले कपनको मिलन चोकबाट एक लाख ६८ हजार थान मास्कसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् ।