प्रधान मन्त्रीज्यु सुस्वाथ्यको कामना गर्दै यहालाई स्वागत छ । तर यस्तो बेलामा य
३० फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणको १० औं दिन अस्पतालबाट घर फर्किएका छन् ।
१९ फागुनमा अस्पताल भर्ना भएका उनको २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै बसेर स्वास्थ्य लाभ गरिरहेका उनी शुक्रबार बालुवाटारस्थित निवासमा फर्किएका हुन्
प्रधानमन्त्री डिस्चार्ज हुनुअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललगायतका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौला भने बुधबार डिस्चार्ज भएकी थिइन् ।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको बताएका थिए ।