आज मिति २०७८ साल असोज महिनाको २२ गते शुक्रबार । अरु दिनझैँ आज पनि हामी नियमित स्तम्भ ‘सन्ध्याकालीन ब्रिफिङ’ लिएर पाठकहरुसामु आएका छौँ।आजका मुख्यमुख्य समाचारमा देउवा नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको, आजै शपथ र पदभार सम्पन्न भएको, गैरसांसद मन्त्री बनेको, मन्त्रिपरिषद् बैठक, कोरोनाको नियमित अपडेट, –संघीय निजामति सेवा विधेयक फिर्ता भएकोलगायत रहेका छन् शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाले तीन महिनापछि आज मन्त्रिमण्डलले पूर्णता पाएको हो । शुक्रबार देउवाले मन्त्रिपरिषद विस्तार गरेर सपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस पठाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।