वरिष्ठ नेता माधवकुमार नेपालसहितले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। प्रतिनिधिसभा जारी मत विभाजनका क्रममा नेता नेपाल र सांसद आलेसहितले देउवालाई विश्वासको मत दिएका हुन्।
सांसद आले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा वन मन्त्री थिए। उनले केही दिनअघि बूढानीलकण्ठ पुगेर मन्त्री पद माग्दै आफूहरुले विश्वासको मत दिने बताएका थिए।